१ कार्तिक २०८३, आइतबार

एनआरएनए कतारको महिला संयोजकमा गुरुङ सर्वसम्मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता गुरुङ्ग सर्वसम्मत निर्वाचित भएकी छन् । आगामी सेप्टेम्बरमा एनआरएनए कतारको सातौ महाधिवेशन हुँदैछ ।

विगत लामो समयदेखी कतारमा बस्दै आएकी सरिता गुरुङ्गले गतसाता आफ्नो उम्मेदवारी दिएकी थिइन् । दोहाको नज्मा स्थित एक रेष्टुरेन्टमा आयोजित एनआरएनए कतारको उम्मेदवारी दर्ता प्रक्रिया उनले महिला संयोजकका लागी मनोनय दर्ता गराएकी थिईन । एनआरएनए कतारको महिला संयोजकमा उनको मात्रै उम्मेदवारी दर्ता भएको थियो ।

महिला संयोजकमा सर्वसम्मत भएपछी उनले भनिन्- ‘खाडी मुलुकमा रहेका महिलाहरुको समस्याका बारेमा संस्थागत रुपमाआवाज उठाउने छु । खाडीका समस्याहरुलाई समाधानका लागी मेरो उम्मेदवारी हो ।’ कतारमा श्रीमानसँगै व्यवसाय गर्दै आएकी उनले नेपाली महिला कामदारहरुका अवसर र चुनौतीहरुको बारेमा संस्थागत आवाज उठाउने बताईन । रोजगारीका लागी सन् २००५ मा कतार आएकी उनले कतारको हस्पिटलमा बिएन नर्सको काम गरेकी थिईन । स्वास्थ्य क्षेत्रमा आफ्नो शैक्षिक योग्यता र कार्य अनुभवबारे बताउदै उनले भनिन् ‘कतारमा कैयौ नेपालीहरु अशिक्षा र चेतनाका अभावका कारण समस्यामा पर्ने गरेका छन । ठुलो सपनाबुनेर खाडी छिर्ने नेपालीहरुको सपना साकार पार्न स्वास्थ्य सम्बन्धी ज्ञान र जनचेतनाका लागी यो कार्यकालमा मेरो पहल रहनेछ । कोही नेपालीहरु पनी अकालमा ज्यान गुमाउन नपरोस ।’

प्रवासमा बस्दै गर्दा मातृभुमीको माया र सामाजिक काममा अघाडी बढ्ने उद्धेश्यका साथ आफू एनआरएनमा आउन चाँहेको बताईन । ‘प्रवासमा छौ हामी एकजुट भएर अघाडी बढ्यौ भने हरेक कामहरु सहज हुनेछन’, उनले भनिन्- ‘खाडी मुलुकका अवसरहरुलाई हामी नेपालीहरुले उपयोग गर्न सक्नुपर्छ । यहाँका देखीएका केही समस्याहरुलाई पुर्ण रुपमा समाधानगर्ने हो भने कतारमा महिलाहरुका लागी सुरक्षित रोजगारीको गन्तव्य देश बन्न सक्छ ।’ कतारमा नेपाली महिलाहरुको अवस्थाबारे उनले जानकारी दिईन ।

एनआरएनए कतारको आगामी कार्यकालका लागी ८६ जनाले प्रतिष्पर्धा गर्ने भएका छन । जसमा ११ जनानिर्विरोध निर्वाचित भएका हुन । एनआरएन एकतार २०१७-२०१९ का लागी २ हजार २ सय ९८ परिषद सदस्यहरु सहभागी हुनेछन ।