कतार । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कताले २३ औ विश्व आदिवासी दिवस ‘अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने मूल नाराका साथ कतारमा विशेष रुपमा मनाइएको छ ।
महासंघका अध्यक्ष देवराज राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव शिव कुमार भुजेलले सञ्चालन गरेका थिए ।
नेपाली राजदूतावास कतार श्रम सहचारी नरेन्द्र ज्ञवलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिहरूमा नेलाप प्रवासी आदिवासी जनजाति महासंघ कतारका प्रमुख सल्लाहकार सियाराम चौधरी, नेपाली धानुक समाज केन्द्रका संस्थापक उपाध्यक्ष कमल मण्डल तथा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष विनेश तामाङ रहेका थिए ।
अतिथिहरू महासंघका संस्थापक सदस्य तथा सल्लाहकार सदस्य दिल किरण खुजुम, संस्थापक सदस्य तथा सल्लाहकार सदस्य विल गुरुङ, संस्थापक सदस्य तथा सल्लाहकार सुकबहादुर तामाङ्ग, सल्लाहकार सदस्य चन्द्रशेर राई, संस्थापक सदस्य तथा सल्लाहकार सदस्य जनक थापा मगर, नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनप्रगतिशील मंच कतारका पाँचौ महाधिवेसन आयोजक समितीका संयोजक रकमध्वज राई, नेपाल संघिय समाज कतारका अध्यक्ष डिएन मगर, तराई मधेश प्रवासी मञ्च, कतारका अध्यक्ष हुसेन खान, कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन, अन्तराट्रिय नेपाली समाज कतारका (नयाँ शक्ति) संयोजक विवि खराल, नेपाली जनप्रगतिशिल मोर्चाका प्रमुख सल्लाहकार रमेश गिरी, संघिय लिम्बुवान सामाजिक मञ्च कतारका अध्यक्ष नरेन्द्र एभेङ्ग लिम्बु, जनमुक्ति मञ्च कतारका प्रतिनिधि मन थापा, समाज सेवी तथा व्यवसायी मुक्तदा आलम, समाज सेवी तथा यूवा व्यवसायी प्रविण गुरुङ रहेका थिए ।















प्रतिक्रिया