काठमाडौं, ३० साउन । भारत सरकारले नेपाली सीमा बाँधको ढोका खोल्न सम्बन्धित क्षेत्रका कर्मचारीलाई निर्देशन दिएको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग आइतवार साँझ टेलिफोन वार्ता गर्ने क्रममा आफूले सीमा बाँधको ढोका खोल्न निर्देशन दिएको जानकारी गराएकी हुन । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराएको परराष्टमन्त्रालयले जनाएको छ ।
नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै स्वराजले विपद्को घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने बताएको पनि मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्री महराले शनिवार दुई पटक भारतीय राजदूत मञ्जिब सिंह पुरीसँग सीमा बाँधको ढोका खोल्न टेलिफोन वार्ता गरेका थिए । राजदूतसँगको कुराकानीका आधारमा मात्रै सीमा बाँधका ढोका नखोलिएपछि मन्त्री महराले पुन समकक्षी स्वराजसँग टेलिफोन वार्ता गरेका हुन ।












प्रतिक्रिया