नेपालगञ्ज, ३०साउन । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ ।
तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
नेपालगञ्जका अभयकुमार टण्डन पाइलट हुन् । तर, अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् ।
पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपैयाँ खर्च गरे । अस्ट्रेलियाबाट अध्ययन गरी नागरिक उड्ययन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे । तर, उनले जहाज उडाउन भने पाएनन् ।












प्रतिक्रिया