लण्डन । बेलायतमा बसोबास गर्ने राप्तीवासीहरूको संस्था, राप्ती समाज युकेको वार्षिक भेला गत २९ जुलाईमा लण्डन नजिक क्याम्बर्लीमा भव्यरुपमा सम्पन्न भएको छ ।
कार्यक्रमको शुरुमा संस्थाका सहसचिव धन रोकाले स्वास्थ्य एवम् सुरक्षा सम्बन्धी जानकारी दिए । राप्ती समाज युकेको दश वर्ष पूरा भएको अवसरमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि गोपाल थापा तथा समाजका अध्यक्ष हिक्मत सिं रोकाले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन् ।
स्वागत मन्तव्य दिंदै समाजका उपाध्यक्ष केशर रोकाले समाजले प्रवासमा बसेर पनि आफ्नो भाषा, संस्कृति जोगाउनुका साथै नेपालमा राप्तीवासीको सुखदुखमा साथ दिंदै आएको बताए ।
निर्वाचन समितिका अध्यक्ष घमानसिं घर्तीमगरले नयाँ कार्यसमितिको घोषणा गर्नुकासाथै पदाधिकारी तथा सदस्यहरूको सफल कार्यकालका लागि शुभकामना दिए ।
संस्थाको दश वर्षे इतिहासको समीक्षा गर्दै समाजका संस्थापक अध्यक्ष टीकासिं ठकुरीले समाजले अहिलेसम्म गरेका काम कारवाही र भविष्यको बारेमा संक्षेपमा प्रकाश पारेका थिए ।
सो कार्यक्रममा शैक्षिक क्षेत्रमा राम्रो गर्ने बालबालिकाहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो ।
सांगीतिक कार्यक्रमको सन्चालन समाजकी सांकृतिक सदस्य करिश्मा घर्ती र लक्ष्मी घर्ती मगरले गरेकी थिइन् । सो कार्यक्रममा नेपालबाट आएकी कलाकार जानकी तारमी मगरले सांगीतिक प्रस्तुति गरिन् ।
त्यसैगरी बेलायतस्थित कलाकार विश्वदीप मगरले पनि भरपुर मनोरंजन गराएका थिए ।
समाजका अध्यक्ष हिक्मतसिं रोकाले आफूहरू केही लिन भन्दा समाजलाई केही दिन भनेर आएको बताउँदै समाज सबै राप्तीवासीको साझा मन्च भएको जनाए ।
करिब ४०० जनाको सहभागिता भएको सो कार्यक्रमको सन्चालन समाजका सचिव दिनेश खड्काले गरेका थिए ।
















प्रतिक्रिया