१६ कार्तिक २०८३, सोमबार

भारतले रोक्यो चार सय ग्यास बुलेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । भारतीय एकाधिकार तोड्न सरकारले नेपालीले सञ्चालन गर्न पाउने व्यवस्था गरे पनि बनिसकेका ग्यास बुलेट भारतमै अलपत्र परेका छन् ।

ग्यास ढुवानीका लागि भारतले बिस्फोटक लाइसेन्स नदिँदा नेपालीका करिब चार सय बुलेट थन्किएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

एलपी ग्यास उद्योग संघका अनुसार लाइसेन्स भारत सरकारले दिनुपर्छ । तर, नेपाली पक्षले पहन नगर्दा बुलेटहरू भारतमै थन्किएका छन् ।