१५ कार्तिक २०८३, आइतबार

भारतलाई गाली गरेर चित्त बुझाउँदै थापा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । पार्टीभित्रको आन्तरिक समस्या व्यवस्थापन गर्न नसकेका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापा नेपाली कांग्रेस र भारतले ‘मेरो पार्टी’ विभाजन गर्‍यो भनेर रुदै हिँड्न थालेका छन् ।

तर, थापाले यो आरोप लगाइ रहँदा उनका थुप्रै सांसद र केन्द्रीय सदस्यले गुपचुप रुपमा निर्वाचन आयोगमा आफै उपस्थित भएर सनाखतसहित दस्तखत गरिरहेका छन् । यो कुरा थापाले बुझेर पनि बुझ पचाइ रहेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

पार्टीभित्र एकलौटी कब्जा गर्ने मनसायले लागेका थापालाई पशुपति शम्शेर राणाले धक्का दिएका छन् । थापाको कार्यशैलीको सुरुबाट विरोध गर्दै आएका राणा मूल राप्रपा आफ्नो पक्षमा बनाउने योजनामा लागेका छन् । निर्वाचन आयोगले पनि राणा पक्षलाई मन्यता दिने निष्कर्षमा पगेको स्रोतको भनाई छ ।

बुधबार साँझसम्म निर्वाचन आयोगमा पुगेर सनाखत तथा हस्ताक्षर गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको संख्या झण्डै ८० पुग्न थालेको छ । यो संख्या ६० प्रतिशतभन्दा पनि धेरै हुन आउँछ । संसदीय दलमा पनि राणाको समर्थनमा २३ जनाभन्दा धेरै सांसद पुगिसकेका छन् ।

सांसद र केन्द्रीय सदस्यहरूले धमाधम आफूलाई छाड्न थालेको थाहा पाएपछि अध्यक्ष थापाले घरघरमा गएर सांसद र केन्द्रीय सदस्यहरूसँग हात जोडेर पार्टीमा बसिदिन आग्रह गर्न थालेका छन् । पार्टीको बैठकमा जहिलो पनि निरंकुश शैलीमा निर्णय गराउँदै आएका अध्यक्ष थापालाई यस पटक भने ठूलो झट्का लागेको छ ।

संवैधानिक राजसंस्थालाई बीच बाटोमा छाडेर सिद्धान्त बिहीन रुपमा हिँडेका अध्यक्ष थापाले हिन्दू राष्ट्रको मुद्दा पनि क्रिश्चियनहरूसँग सात करोड रुपियाँमा बिक्री गरेको आरोप छ । हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा छाडेपछि थापालाई साथ दिने नेता र सांसद ह्वात्तै घटेको स्रोतको भनाई छ ।

थापाले आफ्नो अकर्मन्यता लुकाउन कांग्रेस र भारतलाई पार्टी फुटाएको जसरी आरोप लगाइ रहेका छन् त्यसले उनलाई आउने दिनमा झन् मुस्किल हुने देखिन्छ । केन्द्रीय सदस्यहरूका अनुसार अबको निर्वाचनमा थापाले ठूलो धक्का पाउने छन् ।