अमेरिका । अमेरिकाको बोस्टनका नेपाली समुदायले कलश यात्रा निकालेका छन् ।
अगस्त ६ तारिखदेखि सुरुवात भएको सप्ताहको पहिलो दिन आयोजना गरिएको कलश यात्रा ऐतिहासिक उत्साहपूर्वक सम्पन्न भएको छ ।
अमेरिकामा बसोबास गर्ने अधिकांश नेपालीहरू कलश यात्रामा सहभागी भएका थिए ।
बोस्टन सप्ताह २०१७ को कलश यात्रा रुक्मिणी कार्कीको संयोजकतत्वमा कलश यात्रा समिति गठन भएको थियो ।
पहिलो दिन गत अगस्त ६ तारिखका दिन १००८ महिलाहरूले आफ्ना सांस्कृतिक भेषभुषामा सप्ताहको सुरुवात गरेका थिए ।
गत अगस्त ६ तारिख देखि १२ सम्म चल्ने सप्ताहब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब ,बोस्टन सप्ताह २०१७ को आज तेश्रो दिन भएको छ ।
















प्रतिक्रिया