२९ आश्विन २०८३, बिहिबार

सेनाको सामूहिक हत्या गरेको अभियोगमा मृत्युदण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बग्दाद (इराक), २५ साउन । इराकको एक अदालतले सन् २०१४ मा इराकी शहर तिक्रितलाई विद्रोहीले नियन्त्रणमा लिएपछि करिब एक हजार ७०० सेनाको हत्या गरेको अभियोगमा इश्लामिक स्टेट (आइएस) समूहमा आवद्ध २७ अभियुक्तलाइ मृत्युदण्डको सजाँए सुनाइएको न्यायलयका प्रवक्ताले मङ्गलबार बताएका छन् ।

“ केन्द्रिय अपराध अनुसन्धान अदालतले एक आदेश जारी गर्दै तिक्रितस्थित स्पेचर सैनिक शिविरमा मा भएको उक्त सामूहिक अपराधमा सम्लग्न भएको पुष्टि भएकोले २७ जना अभियुक्तलाई मृत्युदण्डको सजाँय तोकिएको छ,” इराकी सर्वोच्च न्यायिक परिषदका प्रवक्ता अब्दुल सतार अल बिराकदारले बताउनुभयो ।

उक्त घटनामा सामेल भएको आरोप लागेका विद्रोही लडाकू दोषी ठहरिएकाले उनीहरूलाई मृत्युदण्डको सजाँय तोकिएको हो । उक्त आरोपमा मुद्दा खेपिरहेका २५ जना भने निर्दोष सावित भएका छन् ।

सन् २०१४ को जुन मा आइएस समूह सुन्नी समुदायका विद्रोहीले इराकको तिक्रित क्षेत्रको ठूलो भूभागलाई अधिनमा लिएपछि हजारौँ इराकी सेनाले सो क्षेत्र छोडेर जाने क्रममा स्पेचरका एक हजार ७०० सेनालाई अपहरण गरी हत्या गरेका थिए । –सिन्ह्वा