१५ कार्तिक २०८३, आइतबार

धरानका इसुन राईले विदेशी युवतीसँग बिहे गरेर घर निकाला गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

धरान, २५ साउन । बिहे गरेर धरानमा आएकी म्यानमार (बर्मा)की चेली घर निकालामा परेकी छन् ।

धरान– १० मा बस्दै आएकी ३१ वर्षीया मिञ्जु याङलाई उनका श्रीमान् इसुन राई, सासु गंगा र आमाजु बरुणा राईले कुटपिट गरी घरनिकाला गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

मिञ्जु दुई वर्षअघि स्थानीय इसुनसँग विवाह गरी धरान आएकी थिइन् ।

एक वर्षको नाबालक छोरा अलग्याएर आफूलाई कुटपिट गरी घरनिकाला गरेपछि बिचल्लीमा परेको मिञ्जुले बताइन् ।

सिंगापुरमा रोजगारी गर्दै आएकी मिञ्जुसँग फेसबुकमा माया बसेपछि २०७२ मा विवाह भएको थियो ।

फेसबुकमा माया बसेपछि मिञ्जुले उनलाई सिंगापुरमै बोलाएकी थिइन् । त्यहाँबाट संगै धरान आएर विवाह गरेकोमा इसुनले धोका दिएको उनले बताइन् ।