कोपनहेगन । नेपाली महिलाहरुको अग्रणी संस्था क्रियटिभ नेपलिज वोमन इन डेनमार्कले बिगतका बर्षहरुमा जस्तै यसवर्ष पनि नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा बिशेष तीज कार्यक्रमको आयोजना गरेको छ ।
आउँदो अगष्ट ११ तारिख शुक्रवारका दिन Kulturhuset Indre by, Charlotte Ammundsens Plads 3, 1359 København मा साँझ ४ बजे देखि कार्यक्रम शुरु हुनेछ ।
”स्वस्थ शरीर सुखी जीवनको एउटा मुख्य आधार हो, त्यसैले स्वस्थ रहौँ, सुखी बनौं” भन्ने मूल संदेशका साथ आयोजना हुन गईरहेको कार्यक्रमलाइ “अर्गानिक तीज सांझ २०१७” नाम दिईएको छ । नारीहरुको महान पर्वलाई मौलिक तथा बिशेष तरिकाले मनाउदै बिदेशमा रहेर पनि नेपाली कला संस्कृतिको संरक्षण र प्रवर्धन गर्दै सबैजना संगसंगै रमाइलो गर्ने लक्ष्य राखिएको संस्थाकी अध्यक्ष डा. गरिमा घलेले बताइन । यस तीज साँझमा विभिन्न रचनात्मक क्रियाकलाप र नेपाली कलासंस्कृति झल्कने प्रस्तुतिहरु रहनेछन। कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको अर्गानिक -र्याम्पमा महिला दिदिबहिनिहरुले कलात्मक तरिकाले फलफुल, तरकारी,गेडागुडी, फुल, मसला आदि बाट तयार पार्नु भएका विभिन्न गर गहना, पहिरन आदि प्रस्तुत गरिने संस्थाकी महासचिव मीना पौडेलले जानकारी दिईन । साथै परम्परागत तीज भाका र नृत्यका साथमा अन्य मनोरन्जनात्मक प्रस्तुतिहरु पनि रहने आयोजकहरुले बताएका छन्।
कार्यक्रमको प्रवेश शुल्क मात्र ३० डेनिश क्रोनर राखिएको र शुपथ मुल्यमा स्वादिस्ट दर खाने व्यवस्था समेत मिलाइएको छ। यस कार्यक्रमबाट संकलन हुने सम्पूर्ण रकम नेपालका असहाय बृद्ध बृद्धाहरुको सहयोगका लागि खर्च गरिने जानकारी समेत प्राप्त भएको छ ।
दिपक पाण्डेय/ कोपनहेगन
















प्रतिक्रिया