१ कार्तिक २०८३, आइतबार

अमेरिकी किताबमा उज्ज्वल ठकुरीको नाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । कराँते खेलाडी उज्ज्वल ठकुरीलाई अमेरिकी मार्शल आर्टस् एलाइन्सले प्रतिष्ठित सम्मान मानिने ‘हुज हु लिजेन्ड अवार्ड’ प्रदान गरेको छ ।

अमेरिकी मार्शल आर्ट विधामा साहसिक एवम उत्कृष्ट सम्मान मानिने यो विधामा सूचीकृत हुने ठकुरी पहिलो नेपाली खेलाडी हुन् । साहसिक एवम उत्कृष्ट खेल कला प्रदर्शनको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।

गत शुक्रबार अगस्त ४ तारिख मेरिल्याण्ड राज्यको नेशनल हर्वरमा आयोजित बिशेष समारोहमा ठकुरीलाई ‘ब्ल्याकबेल्ट लिजेन्ड’ अवार्डले सम्मान गरिनुको साथ साथै अमेरिकि किताबमा उज्ज्वल ठकुरीको नाम सदाका लागि छापिएको छ ।

सो अवसरमा विभिन्न पाँच विधामा साहसिक एवम उत्कृष्ट खेलाडीहरुलाई अवार्ड प्रदान गरिएको थियो ।