१५ कार्तिक २०८३, आइतबार

देउवा भदौ पहिलो साता नयाँदिल्ली जाने, टुंगो लाग्यो मिति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ सातदेखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सो जानकारी दिनुभएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

देउवाको भ्रमणअघि चिनियाँ उच्चस्तरीय टोलीले नेपाल भ्रमण गर्ने जानकारी दिदै महराले सो भ्रमण भूकम्पपछिको पूननिर्माणमा चिनियाँ सहयोगबारे केन्द्रित हुने बताउनुभयो ।