काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि दुई करोडभन्दा बढी मूल्यका गाडी खरिद गरेको छ ।
महानगरले मेयर विद्यासुन्दर शाक्यलाई १ करोड २० लाख रुपैयाँ पर्ने र उपमेयर हरिप्रभा खड्गीलाई ८६ लाख मूल्य पर्ने गाडी खरिद गरेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।
मेयर शाक्यले चढ्ने टोयोटा कम्पनीको विलासी गाडी महानगरपालिकाको कार्यालयमा आईसकेको छ भने उपमेयर खड्गीको गाडी आउन बाँकी छ ।












प्रतिक्रिया