२ कार्तिक २०८३, सोमबार

भरतपुरमा एमालेबाट निर्वाचित वडा अध्यक्षहरुले रेणु दाहालसँगै किन सपथ खाएनन् ?

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २२ साउन । नेकपा एमालेले भरतपुर महानगरपालिकाको शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको छ ।

निर्वाचन कार्यालयले दिउँसो ३ बजेका लागि मेयर रेणु दाहालसहित १४५ जनप्रतिधिनिको सपथ ग्रहणको कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा एमालेका तर्फबाट निर्वाचित कोही पनि प्रतिनिधिले भाग लिएनन् ।

एमाले चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले मतपत्र च्यातेर लोकतन्त्रको खिल्ली उडाउनेसँग आफूहरुको नैतिकताले सपथ लिन नदिएको बताए ।

मतपत्र च्यात्ने र षड्यन्त्र गर्नेहरुको रोहवरमा एमाले जनप्रतिनिधिले शपथ ग्रहण नगर्ने पोखरेलले बताए । उनले भने “यो कार्यक्रममा मतपत्र च्यात्ने र षड्यन्त्र गर्ने पनि छन्, उनीहरुको रोहवरमा एमालेका तर्फबाट विजयी जनप्रतिनिधिले शपथ ग्रहण गर्दैनन् ।”

एमाले अध्यक्ष पोखरेलले मतपत्र च्यात्नेहरुसँगै शपथ गराउँदा लोकतन्त्रको खिल्ली उड्ने बताउँदै छुट्टै कार्यक्रमको आयोजना गरी एमालेका तर्फबाट विजयीलाई शपथ ग्रहण गराउनु पर्ने बताए । तर प्रमुख दाहालसँग एमालेका तर्फबाट निर्वाचित वडा सदस्यले शपथ भने लिने बताए । एमाले चितवनको आइतबार सम्पन्न सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

भरतपुर महानगरपालिकाको वडा नं ४ र ७ का निर्वाचित दुई वडाध्यक्षले भने शपथ ग्रहण गर्न नपाउने भएका छन् । उनीहरु दुवै जना एमालेका तर्फबाट निर्वाचित भएका हुन् । दुई वडाका पराजित वडा अध्यक्षका उम्मेदवारले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएका थिए । सोपश्चात जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नु/नगराउनु भनी विपक्षीका नाममा आदेश दिएको थियो ।

उच्च अदालतबाट अन्तिम फैसला भई नसकेकाले वडा नं ४ का वडाध्यक्ष हरि आचार्य र वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेको शपथ आइतबारका लागि रोकिएको हो । वडा नं ४ मा काँग्रेसका तर्फबाट उम्मेदवार उपेन्द्रराज सापकोटा सात मतान्तरले पराजित भएका थिए भने वडा नं ७ मा नेपाली काँग्रेसकै श्यामप्रसाद लामिछाने १४ मतान्तरले पराजित भएका थिए । कम मतले पराजित भएका सापकोटा र लामिछानेले मतगणनामा त्रुटि भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाई उच्च अदालत पाटनको हेटौँडा इजलासमा मुद्दा दायर गरेका थिए ।

भरतपुर महानगरमा पहिलो चरणमा गत वैशाख ३१ गते निर्वाचन भएको थियो । मतगणनाका क्रममा वडा नं १९ को मतपत्र च्यातिएपछि सो वडामा यही साउन २० गते पुनः मतदान गरिएको थियो ।