काठमाडौं, २२ साउन । भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल मेयर पदमा निर्वाचित भएलगत्तै प्रचण्डकी पूर्वबुहारी एवं प्रकाश दाहालकी पूर्वपत्नी सिर्जना त्रिपाठीले ‘दुर्भाग्य’ भन्दै प्रतिक्रिया दिएकी छन् ।
यद्यपी महानगरको मेयरमा निर्वाचित भएकोमा रेणुलाई बधाई भने दिएकी छन् । उनले ‘रेणु ढुंगाको कापमा उम्रिएको पिपल बोट’ भएको पनि बताएकी छन् । तर, रेणुसँग गला मिलाएर बधाई दिने अधिकार खोसिएकोमा उनले ‘दुर्भाग्य’ भनेकी हुन् ।
रेणुलाई सामाजिक सञ्जाल फेसबुकबाट बधाई दिँदै सिर्जनाले लेखेकी छन्– ‘रेणु दिदीसँग गला मिलाएर बधाई दिने मन थियो, तर दुर्भाग्य ! त्यो अवसर म बाट खोसियो ।’
उनले रेणुलाई पिपलको बोट सरह भरतपुरका नागरिकलाई सितलता दिन आग्रह गरेकी छिन् । ‘सधै अरुलाई सितल दिनु, भरतपुरका मतदाताको धर्म नर्वि्सिनु, मेयर जितेको दिन जति पवित्र हुनहुन्छ, बाहिरिदा पनि त्यस्तै पवित्र हुनु’ उनले सुझाव दिँदै लेखेकी छिन् ।
प्रचण्ड पुत्र प्रकाश दाहालकी सिर्जना पत्नी हुन् । तर उनीहरुबीचको सम्बन्ध पाँच बर्षदेखि राम्रो छैन । ब्यवहारिक रुपमा सम्बन्ध बिच्छेद भएपनि कानुनीरुपमा उनीहरु अझै पति पत्नी हुन् । सिर्जनासँग प्रकाशका एक छोरा पनि छन् ।
















प्रतिक्रिया