काठमाडौं, २२ साउन । सरकारले उपत्यकाको यातायात व्यवस्थापन तथा सुधारका लागि सडकको आकार र क्षमताअनुसार गाडी चलाउने नीति कार्यान्वयनमा ल्याउने भएको छ ।
काठमाडौंँ दिगो सहरी विकास आयोजनाले उपत्यकाको ट्रफिक व्यवस्थापनसम्बन्धी तयार पारेको प्रतिवेदनअनुसार सरकारले त्यस्तो नीति कार्यान्वयन गर्न लागेको हो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
यातायात व्यवस्था विभाग, साना ठूला सवारी कार्यालयका प्रमुख वसन्त अधिकारीका अनुसार आयोजनाले सो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।
प्रतिवेदनअनुसार यातायात व्यवस्था विभागले उपत्यकामा ६६ वटा रुट तोक्ने तयारी गरिरहेको जानकारी दिँदै उहाँले यो नीति कार्यान्वयनमा आइसकेपछि उपत्यकाका आठवटा सडक रुटमा ठूला, १६ वटा सडक रुटमा मझौला र ४२ वटा सडक रुटमा साना गाडीमात्रै गुड्न पाउने बताउनुभयो । यो नीति कार्यान्वयन गर्न तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी उहाँले दिनुभयो ।
यो नीतिअनुसार एउटा रुटमा मात्र एक किसिमको सार्वजनिक यातायातका गाडी गुड्न पाउने उहाँले स्पष्ट पार्नुभयो ।
अब गाडीको आकार तथा सडकको अवस्था हेरेर मात्र सवारीसाधनलाई रुट इजाजत दिने उहाँले स्पष्ट पार्नुभयो । अहिले जस्तोसुकै सार्वजनिक यातायातलाई जुनसुकै रुटमा रुट इजाजत दिने व्यवस्था छ ।












प्रतिक्रिया