१ कार्तिक २०८३, आइतबार

कतारमा विवेकशील र साझा सद्भाव समूहबीच छलफल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा । कतारमा रहेका विवेकशील पार्टी तथा साझा सद्भाव समूहका कार्यकर्ताबीच भेटघाट तथा चियापान समारोह सम्पन्न भएको छ ।

उक्त भेटघाट कार्यक्रमलाई साझा सद्भाब समुह कतारका महासचिब राजन दाहालले गरेका थिए भने समूहका सँरक्षक नारायण बिष्टले कार्यक्रममा बोल्दै प्रबासमा रहेका तमाम विवेकशील अनि साझा सद्भाब राख्ने कर्मठ युबाहरुलाई एकै छत्रछायाँमा समेटेर अगाडी बढ्ने प्रण गर्दै प्रबासबाटै भएपनि हर नकारात्मक कुराहरुको खण्डन र खबरदारी जरुरी रहेको औल्याउनुभयो ।

विवेकशील पार्टी कतारका कार्यपालिका प्रमुख सुरेश भट्टले कार्यक्रममा गजलका साथ प्रस्तुत भएका थिए । बिबेकशील र साझा समुहबिच अब हुने भाईचाराको सन्देश हर तहमा पुर्याउनुपर्ने भन्दै भट्टले आजको आबश्यकता एकता र भाईचारा रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै बिबेकसिल पार्टी कतारका अध्यक्ष पदम भण्डारीले बिबेकसिल र साझा पार्टीको एकताको महत्व र आबस्यताबारे स्पष्ट पारेका थिए भण्डारीले सम्भाबना बोकेका पाटीहरु बिच एकता हुनु बर्तमानको खाँचो रहेको बताए ।

साझा सद्दभाब समुह कतारका संयोजक राजन सापकोटाले एकै उध्यस्य बोकेर देश प्रति बफादार बन्दै अघि बडेको दुबै शक्ति बिच एकता हुनुले समृदी र पारदर्शिताको सासन हाम्रै पालामा सम्भब छ भन्ने अँझै बलियो उद्घोष बनेको बताए ।

कार्यक्रममा बिबेकशीलका रामजी पन्त, दिपक आदीले समेत मन्तब्य ब्यक्त गरेका थिए, परिचयको आदान प्रदानका साथ चियापान सँगै समापन गरिएको थियो ।

यसैबिच एता बिबेकसिल साझा पार्टीका सह संयोजक रबिन्द्र मिश्रले एकिकरण पछी पार्टीको बिधान र निर्देशिकाहरु तयारी गर्ने अबस्थामा रहेको र निर्देशिकाहरु तयार भईसकेपछी पार्टीसँग आबद्द रहेका र भबिस्यमा आबद्द हुन चाहनेहरुका लागी एउटा मार्गचित्र प्रस्तुत गर्ने जानाकारी साझा पोष्ट मार्फत गराएका छन ।

देश बिदेशमा रहेका साझा सद्दभाब समुह र बिबेकसिल बिच कसरी एकिकरण र समन्वय हुन्छ त्यो भने हेर्न बाँकि नै छ ।