२ कार्तिक २०८३, सोमबार

कांग्रेस र माओवादीबीच पार्टी एकीकरण गर्दा राम्रो : ईश्वर पोखरेल

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा, २० साउन । एमालेका महासचिव ईश्वर पोखरेलले एमालेसंग कांग्रेस–माओवादीले एक्लै लड्ने आँट नरहेको बताउनुभएको भएको छ ।

बारामा बिहीबार आयोजित कार्यक्रममा उहाँले कांग्रेस र माओवादी केन्द्रलाई पार्टी एकीकरण गरेर चुनावी मैदानमा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।

दुई चरणको स्थानीय निर्वाचनमा कांग्रेस माओवादीलगायत दलहरूको मोर्चाबन्दी विरुद्ध एमालेले शानदार जित हासिल गरेको महासचिव पोखरेलले दाबी गर्नुभयो ।

पोखरेलले प्रदेश नं. २ मा पनि एमाले पहिलो पार्टी बन्ने बताउनुभयो ।

‘माओवादीको वैशाखीमा मात्रै चुनाव लडने हैसियतमा पुगेको छ भने माओवादीलाई मैदानमा जान कांग्रेसको पुच्छर बन्नुपर्ने बाध्यता बनेको छ’, उहाँले भन्नुभयो, ‘यो अवस्था धेरै दिन रहने छैन । कांग्रेस, माओवादी र बिचार मिल्ने दलहरूको एकीकरणको विकल्प बाँकी रहनेछ ।’