२९ आश्विन २०८३, बिहिबार

टोकियोको प्रसिद्ध सुकिजी बजारमा आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो (जापान), २० साउन । जापानको राजधानी टोकियोको सुकिजी बजारमा बिहीबार साँझ आगलागी भएको छ ।

साँझ प्राय पसल बन्द भएपछि आगलागी लागेकोले मानवीय क्षति नभएको उद्दारमा सम्लग्न अग्नी नियन्त्रकले जनाएका छन् ।

घटनास्थलबाट समाचार तयार पार्दासम्म आगोको ज्वालोसहितको धुँवाको मुस्लो जमिनबाट निकै माथिसम्म फैलिएको प्रत्यक्षदर्शीले बताएका छन् तर आगलागीबाट भएको आर्थिक क्षतिबारे अझै बिस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

आगलागी भएको स्थल विश्व प्रसिद्ध माछा बजार रहेको र आगलागीलाई नियन्त्रणमा लिन दर्जनौ बारुणयन्त्र राति अवेरसम्म सङ्घर्षरत रहेका प्रहरीले जनाएको छ ।

‘बाहिरी बजार’ भनेर चिनिने बजारमा सामुद्रिक माछाको ब्यापार हुने ठाउँ हो । सुकिजीमा प्रायः विदेशीहरू पनि जापानी माछाको स्वादका लागि पुग्ने गर्छन् । – एपी