काठमाडौं, १९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद शयन्द्र बान्तवा सुनकाण्ड विवादमा फसेकी छिन् ।
राप्रपाकी सांसद बान्तवा मंगलबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कर्मचारीको फन्दामा परेकी हुन् ।
युरोपबाट फर्किएकी सांसद बान्तवाले ६० ग्राम काँचो सुन ल्याएको अभियोगमा भन्सार कमचारीले नियन्त्रणमा लिएर छाडेको स्रोतले जनाएको छ ।
पक्राउ परेकी सांसद बान्तवालाई केही समय सोधपुछ गरेर भन्सारका कर्मचारीले छाडेको रहस्य खुलेको छ ।
उनलाई हिरासतमा राख्ने विषयमा तयारी गरे पनि उच्च राजनीतिक तहको दवावमा राप्रपाकी सांसद बान्तवलाई मंगलबार साँझ छाडिएको स्रोतले जनाएको छ ।
सांसद बान्तवलाले ल्याएको ६० ग्राम काँचो सुनलाई भने भन्सारका कर्मचारीले आफ्नो नियन्त्रणमा राखेका छन् ।
सांसद बान्तवाले काँचो सुन अबै रुपमा ल्याएको विषयमा भन्सारका कर्मचारीले संसद सचिवालयलाई पनि जानकारी दिएका थिए ।
सुन ल्याउने कानूनी व्यवस्था के थियो भन्ने कुरा नबुझेर आफूले ६० ग्राम काँचो सुन ल्याएको सांसद बान्तवाले दाबी गरेकी छिन् ।
तर, आफै कानून बनाउने निकायमा बसेर कानून थाहा छैन भन्ने सांसद बान्तवाको सो भनाइको संसद सचिवालयमा आलोचन सुरु भएको छ ।















प्रतिक्रिया