३० आश्विन २०८३, शुक्रबार

काँग्रेस नेताका छोराको अपिलः मेरो आमाको सिन्दुर पुछ्नेलाई काँग्रेसले किन भोट दिने ?

59.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजयराज विष्ट

मेरो बाबा जस्ता हजारौं बाबा आमा मारिए, कयौं म जस्तै अभिभाबक बिहीन बने, कयौँ आमाको सिन्दुर पुछिए, यी सबैको एक कारण थियो- हामी काँग्रेस हुनु अनि काँग्रेस छोड्न नमान्नु !

आदरणीय भरतपुरबासी नेपाली काँग्रेसका सम्पूर्ण नेता, क्रियाशिल सदस्य र कार्यकर्ताज्यूहरु,

सम्पूर्ण काँग्रेसजनहरुमा गोरखा जिल्लामा जन्मि हुर्केर चोटको बीचबाट पलाएको भरतपुर १० को एक क्रियाशिल सदस्यको तर्फबाट जय नेपाल टक्रयाउन चाहन्छु।

आज यो अनुरोध पत्र हजुरहरु लाई मेरो आफ्नो परिचयबाट शुरु गर्दैछु। म स्वर्गीय भैरबराज बिष्ट (गोरखा काँग्रेसका नेता) को छोरा हुँ । मेरो बुबा गोरखाको राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो । बुवा निष्ठाको राजनीति गर्ने, कसैलाई केही परे सहयोग गरिहाल्ने, बढी आत्मबिश्वासीपन नै हामीलाई दुर्भाग्य हुन पुग्यो । जुन माओवादीलाई मन पर्ने कुरा भएन । काँग्रेसका प्रभावशाली नेता र होनाहार समाजसेवीको हत्या गरी काँग्रेस कमजोर बनाउने योजना मुताबिक २०५८ साल मंसिर २२ गते गतेका दिन माओवादीबाट मेरो बुवाको हत्या भयो । घरमा सुतिरहेको अबस्थामा घर भन्दा करिब एक सय मिटर टाढा लगी अत्यन्तै पाशबिक तरिकाबाट बुवाको हत्या गरे। हत्यापछि बुवाको काजकिरिया पनि त्यहाँ गर्न सक्ने स्थिति बनेन । र, अन्तिम कर्महरु काठमाडौँमा गरियो । बिपरित राजनीतिक आस्थाका आधारमा हत्या हुनु कस्तो युद्ध थियो ? लडाइँ युद्ध भनेको लड्ने कुरा मात्र होइन्, लडे पनि आमनेसामने भएका एकअर्काको सैनिकलाई धाबा बोलेर आक्रमण गरिनु लडाइँको बहादुरी होला । तर, घरमा सुतिरहेको व्यक्तिलाई अनाहकमा अपहरण गरेर निहत्था व्यक्ति मारिनु कस्तो युद्ध थियो ?

काँग्रेसका प्रभावशाली नेता र होनाहार समाजसेवीको हत्या गरी काँग्रेस कमजोर बनाउने योजना मुताबिक घरमा सुतिरहेको अबस्थामा घर भन्दा करिब एक सय मिटर टाढा लगी अत्यन्तै पाशबिक तरिकाबाट बुवाको हत्या गरे। हत्यापछि बुवाको काजकिरिया पनि त्यहाँ गर्न सक्ने स्थिति बनेन । र, अन्तिम कर्महरु काठमाडौँमा गरियो । बिपरित राजनीतिक आस्थाका आधारमा हत्या हुनु कस्तो युद्ध थियो ?

मेरो बाबा जस्ता हजारौं बाबा आमा मारिए, कयौं म जस्तै अभिभाबक बिहीन बने, कयौँ आमाको सिन्दुर पुछिए, यी सबैको एक कारण थियो- हामी काँग्रेस हुनु अनि काँग्रेस छोड्न नमान्नु ! आज यसरी नै माओवादीले जे भने मानेको भए काँग्रेसको रुख र चारतारा छोड्न राजी भएको भए सायद मारिनुपर्ने थिएन ।

जुन ठाउँ काँग्रेसको गढ थियो, सोहीस्थानमा बसाइँ भयो। आज आएर भरतपुरमा तालमेल भयो । अन्य जिल्लामा नतिजा घोषणा भयो । बुटवलमा हारेका काँग्रेस उम्मेद्बारले जितेकालाई शुभकामना दिएका समाचार हेर्न पाइयो ।तर, भरतपुरको यस्तो स्थिति बनेन । आम काँग्रेसको इच्छाबिपरितको तालमेलले काम नगर्दा माओवादीको प्रतिनिधिलाई मतपत्र च्यात्न लगाइयो । माओवादीले मतपत्र च्यात्दा पनि काँग्रेसले झुट बोल्यो । झुटको राजनीति गर्यो । के तालमेल हुँदैमा सत्य कुरो बोल्न डराउन पर्छ ? के माओवादीसँग निष्ठा र बिचार पनि साँटिएको थियो र ? यस्ता घृणित कामले म जस्तै कार्यकर्तालाई लाज लागेको छ । हिजो हाम्रा बाबा, आमाको रगतले होली खेलेकालाई उर्दी गरेर मत दिन आग्रह गरिँदा एक त त्यसै हिनताबोध भएको बेला बहुदलीय ब्यबस्था, लोकतन्त्रको हिमायती भन्ने अनि मतपत्र च्यातेकाको पिछ्लग्गु हुनेलाई कस्तो लोकतान्त्रिक शक्ति मान्ने ?

लेखक

काँग्रेस पिछ्लग्गुले बचाउन सक्दैनन् । यो बचाउने हामी जस्तै गुट बिनाका कार्यकर्ताले हो । गुटका राजनीति गर्नेलाई त फाइदा नै होला किनकी जति गुट भए त्यति फाइदा होला । तर बिनास्बार्थ लागेका, काँग्रेसमा लागेर धेरै गुमाएकालाई काँग्रेसको माया धेरै लाग्दो रैछ । किनकी यसमा हाम्रा अभिभावकको रगत पसिना परेको छ ।

मतपत्र च्यात्दा कानुन पल्टाउनेले अदालतले जन्मकैद तोकेका बालकृष्ण ढुंगेलले सर्बोच्चको आदेशलाई पालना गराउँदा किन कानुनको दफाहरु पल्टिदैँन ? आफ्नो पक्षमा आउँदा पालना गरे हुने, नत्र नगर्दा हुने ? माओवादीको यस्तो शैलीलाई हामीले समर्थन गर्न सकिन्छ र ?

यो मलाई मात्र परेको पीडा होइन्, हरेक जिल्लामा म जस्तै धेरै पीडित छन् । जो मारिए, ती काँग्रेसको विचार त्याग्न नसक्दा मारिएका हुन् । त्यो त काँग्रेस पार्टीले भुल्यो नै तर आम कार्यकर्ताले भुल्नु हुने छैन ।

कानुन मान्ने हो भने युद्धमा सामेल नभएका निहत्था ब्यक्तिको हत्या हुँदा किन कानुन हेरिदैँन ? कि नेपालको कानुनले काँग्रेसको नेतालाई मारेर काँग्रेस कमजोर बनाउँदा कानुन लाग्दैन भनेर लेखिएको थियो ?

आदरणीय सम्पूर्ण काँग्रेसजन,

यो मलाई मात्र परेको पीडा होइन्, हरेक जिल्लामा म जस्तै धेरै पीडित छन् । यो पीडा काँग्रेसको पीडा हुनुपर्थ्यो तर स्वार्थको राजनीति गर्नेहरुलाई यस्को मतलब हुने कुरा भएन। किनकी जो मारिए, ती काँग्रेसको विचार त्याग्न नसक्दा मारिएका हुन् । त्यो त काँग्रेस पार्टीले भुल्यो नै तर आम कार्यकर्ताले भुल्नु हुने छैन भन्ने बिश्वास लिएको छु ।पीडितजनको खुशीको लागि पनि हजुरहरुले मतपत्र च्यात्नेलाई मत नदिन आग्रह गर्दछु। आफू विजय नभएसम्म मतपत्र च्यात्ने, अदालत च्यात्नेकै पक्षमा फैसला गरिदिने हुँदा आमजनता हामीले के बुझ्ने । के हाम्रो देशको न्याय हराएको हो ? राजनीतिको आडमा अपराध मौलाएको छ । आज मतपत्र माओवादीले च्यातेको होइन भन्नेले भोलि माओवादीबाट मारिएका ब्यक्तिहरुलाई माओवादीले हत्या गरेका होइनन् भन्न नसक्लान भन्न सकिन्न । किनकी राजनीतिमा नैतिकता र इमान्दारिता कमी छ ।जसरी नि जित्नैपर्नेले चुनावमा भाग किन लिने ? जसरी नि पास हुनै पर्नेलाई परिक्षाको जरुरत पनि किन पर्यो र ?

भरतपुर १९ का काँग्रेसजन,

हिजो माओवादीबाट मारिएका, काटिएका घाइते बनाइका घटना र म जस्तै हजारौँ पीडित जनलाई सम्झिएर माओवादीलाई मत नदिन अनुरोध गर्दछु । अचानोको पीडा खुकुरीलाई थाहा नभए जस्तो व्यवहार नेतृत्वले गर्नु एकदम दुःखद स्थिति बन्यो । हजुरहरुले यस्ता पीडालाई आफ्नै पीडा सम्झेर आफ्नो बिबेक प्रयोग गरेर म जस्ता थुप्रै कार्यकर्ताहरुलाई काँग्रेस पार्टीमा रहन सक्ने स्थिति बनाउन सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु।

जय नेपाल !

विजयराज बिष्ट
भरतपुर-१०, चितवन