२९ आश्विन २०८३, बिहिबार

विवाहित महिलाको अनौठो आम्दानी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । विवाहपछि बेरोजगार भएकी सुमर्स भोनहेसीको आम्दानी अहिले कामकाजी महिलाको भन्दा बढी छ ।

आठ वर्षअघि विवाह गरेकी सुमर्स विवाहपछि नै बेरोजगार भइन् फलस्वरूप दुई सन्तानकी यी आमाले आफ्ना सैनिक श्रीमानलाई कुनै किसिमको आर्थिक सहयोग गर्न सकिनन् ।

३० वर्षीया सुमर्सले घरमै बसेर केही आम्दानी गर्ने सोच बनाएर एक वेबसाइटमार्फत आफ्ना कामोत्तेजक तस्बिरहरू अपलोड गर्न थालिन् ।

उनले गरेका पोस्ट बिस्तारै उक्त वेबसाइटमा लोकप्रिय हुनुका साथै मानिसहरूले उनका तस्बिर हेर्न पैसा तिर्न थाले, जसका कारण उनको मासिक आम्दानी ५ हजार डलर (५ लाख १० हजार रुपैयाँ)भन्दा बढी हुन थालेको छ ।

अहिले उनले आफ्ना तस्बिर इन्स्टाग्राममा पनि अपलोड गर्न थालेकी छिन् । उनका इन्स्टाग्राम सब्सक्राइबर नै १ लाख छन् ।

कुनै दिन उनले इन्स्टाग्राममार्फत पनि लाखौं कमाउने पक्का छ । आखिर कमाउन कामै गर्नुपर्छ भन्ने पनि छैन भन्ने कुरालाई सुमर्सले पुष्टि गर्दै आएकी छिन् । – एजेन्सी