१५ कार्तिक २०८३, आइतबार

जयबहादुर चन्दलाई महानगरको जिम्मेवारी दिने तयारी

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । नेपाल प्रहरीको डिआईजी, एसएसपी र एसपीको बढुवा सिफारीसमा परेका उजुरी खारेज भएसँगै बढुवा प्रक्रिया अघि बढेको छ ।

आइतबार लोकसेवा आयोगको उजुरी सुन्ने समितिको बैठकले उजुरीकर्ताको दाबी नपुगेको निष्कर्ष निकाल्दै उजुरी खारेज गरेपछि बढुवाको बाटो खुलेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

बढुवा सिफारिस उपर १/१ जनाले उजुरी गरेका थिए । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली तथा सदस्यमा मुख्यसचिव राजेन्द्रकिशोर क्षत्री र कानुन मन्त्रालयका सचिव कमलशाली घिमिरे रहेको समितिको निर्णयसँगै बढुवाको बाटो खुलेको हो ।

स्रोतका अनुसार विहिबार बस्ने मन्त्रीपरिषद् बैठकले डिआईजीबाट एआईजीमा बढुवा सिफारिसमा परेकाहरुलाई बढुवा गरी पोष्टिङको समेत जिम्मेवारी दिने तयारी गरेको छ ।

३० साउनमा बसेको बढुवा समितिको बैठकले डिआइजीहरू बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, मावधप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई एआईजी बढुवामा सिफारिस गरेको थियो ।

त्यस्तै एसएसपीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की, भोगबहादुर थापा, पुष्करलाल जोशी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठुले राई, शरद चन्द, धीरु बस्नेत, पुष्पचन्द्र रञ्जित र सुरेशविक्रम शाहलाई डिआइजी बढुवामा सिफारिसमा गरिएको थियो ।

त्यसैगरी एसपीहरु शैलेश थापा क्षेत्री, नीरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिबहादुर पाल, वीरेन्द्र श्रेष्ठ, लोकेन्द्रबहादुर मल्ल, घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, विश्वराज पोखरेल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, सञ्जयराज शर्मा, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशकुमारलाल कर्ण, देवबहादुर बोहरा, धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, सौरभ राणा, रामकृपाल शाह, उमेश रञ्जितकार र रवीन्द्रकुमार धानुकलाई एसएसपी बढुवामा सिफारिस गरिएको थियो ।

स्रोतका अनुसार मन्त्रीपरिषद्बाट डिआईजीहरुको बढुवा भएसँगै केही एआईजीहरुलाई जिम्मेवारी दिइने छ । जसअनुसार एआईजीमा बढुवा सदर भएपछि जयबहादुर चन्दलाई महानगरिय प्रहरी आयुक्त कार्यालयको प्रमुख, बमबहादुर भण्डारीलाई मानव स्रोत विभाग, देवेन्द्र सुवेदीलाई प्रशासन विभाग र केशरीराज घिमिरेलाई प्रहरी प्रशिक्षण तालिम केन्द्रमा पठाउने तयारी भएको छ ।

सरकारले आईजीपीमा नियुक्ति गरेर सर्वोच्च अदालतले रोकेका चन्दलाई मेट्रो वान बनाएर पठाउन प्रधानमन्त्री र गृहमन्त्री समेत राजी भएको स्रोत बताउँछ ।

यसअघि आईजीपीमा नियुक्ति भइसकेका उनलाई षड्यन्त्रमुलक ढंगले बढुवाको सूचीमा दुई नम्बरमा झारिएको थियो ।

तर, संगठनप्रति इमान्दार, लगनशिल र कर्तव्यनिष्ठ भई सरकारलाई सघाउँदै आएका चन्दले भने कहिं कतै उजुरी नगरी आफूलाई मर्यादाभित्र राख्दै आएका छन् ।

त्यस्तै गृह मन्त्रालयले डिआईजी बढुवाको सिफारिसमा एक नम्बरमा रहेका सर्वेन्द्र खनाललाई महानगरिय ट्राफिक प्रहरी महाशाखामै दरबन्दी रहने गरी पोष्टिङको तयारी गरेको छ भने पुष्कर कार्की, छविलाल जोशी र उत्तम कार्की मध्ये एकलाई सिआईवीमा पठाउन सक्ने सम्भावना छ ।

यि तीनमध्ये एक जनालाई लागुऔषध नियन्त्रण व्यूरोमा पनि पठाउन सक्ने सम्भावना छ । महानगरिय प्रहरी परिसर काठमाडौंमा भने एसएसपी सिफारिसमा परेका विश्वराज पोखरेल र रविन्द्र धानुकमध्ये एकलाई पठाउने तयारी भइरहेको छ ।