२९ आश्विन २०८३, बिहिबार

चीनको चेतावनीपछि पछि हट्यो अमेरिका, ट्रम्प प्रशासनले यसरी दियो स्पष्टिकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, १८ साउन । उत्तर कोरियाको विषयमा चीनलाई नजोड्न चीनले अमेरिकालाई आग्रह गरेको दुई दिनपछि अमेरिकाले पनि यस विषयमा चीनलाई कुनै आरोप नलगाइएको स्पष्ट गरेको छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विषयसँग जोडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको आइतबार चीनले उत्तर कोरियाको आणविक परीक्षणको विषयमा चासो नदिएको बताउनुभएको थियो ।

साथै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले बारम्बार यसरी घातक रुपमा आणविक परीक्षण गरिरहँदा पनि चीनले कुनै कारबाहीका लागि पनि पहल नगरेको बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर अकाउन्टमा उत्तर कोरियाको आतङ्कका बारेमा चीनले चासो नदिएको तर यसले संसारलाई अप्ठेरो पार्ने अवस्था आउँदा पनि चीन शान्ति र निशस्त्रीकरणका लागि नबोलेको बताउनुभएको थियो ।

तर अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले भने राष्ट्रपतिको सो भनाईको बचाउ गर्नुभएको छ । उहाँले अमेरिकाले यस विषयमा चीनलाई दोष दिएको नभई उत्तर कोरियाको यस कार्यका विरुद्धमा लड्न चीनको साथ चाहिने कुरामात्र अमेरिकाले गरेको बताउनुभएको छ ।

वासिङ्टन डिसीमा आज पत्रकारहरुसँग कुराकानी गर्दै विदेशमन्त्री टिलर्सनले सो धारणा राख्नुभएको हो । उहाँले भन्ननुभयो ‘हामीले चीनलाई केही भनेका होइनौँ बरु अब उत्तर कोरियाका विरुद्धमा लड्नका लागि हामीलाई चीनको पनि साथ चाहिन्छ मात्र भनेका हौँ ।’

उत्तर कोरियाले यही जुलाई महिनाको पहिलो हप्ता गरेको पछिल्लो शक्तिशाली परीक्षणपछि विश्वमा नयाँ तरङ्ग उत्पन्न भएको छ । उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले निकै टाढासम्म मार हान्न सक्ने भएकोले यस विषयमा विश्वका नेताहरुले आ–आफ्ना प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति ट्रम्पले दिएको सो प्रतिक्रियापछि सोमबार चीनले यस विषयमा चीनलाई नमुछ्न आग्रह गर्दै चीन अमेरिका व्यापार र उत्तर कोरियाको आणविक कार्यक्रम बिल्कुनै फरक विषय भएकाले यससँग जोडेर कुनै कुरा नगर्न भनेको थियो ।

चीनका वाणिज्य उपमन्त्री ओएन केमिङले गत सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो “चीन अमेरिका व्यापार सम्बन्ध तथा उत्तर कोरियाको आणविक कार्यक्रम यी दुई वटा बिल्कुलै फरक विषय हुन् त्यसैले यिनलाई जोडेर कुरा गर्नुको कुनै अर्थ छैन ।”

उता बुधबार वासिङ्टन डिसीमा आयोजना भएको नियमित पत्रकार भेटका क्रममा अमेरिकी विदेशमन्त्री रेक्सले अमेरिका उत्तर कोरियासँग वार्ता गरेर पछिल्लो विकसित समस्याको समाधान खोज्न तयार रहेको पनि बताउनुभयो ।

उत्तर कोरियाको निशस्त्रीकरणको लागि हामी पनि उसँग वार्ताका लागि तयार छौँ र चीनजस्तो देशले पनि यसका लागि अमेरिकालाई सहयोग गर्नुपर्दछ– उहाँले सो अवसरमा जानकारी दिनुभयो । – एएफपी