२ कार्तिक २०८३, सोमबार

पूर्वगृहमन्त्री गौतमले वर्तमान गृहमन्त्री शर्मालाई किन झपारे ?

15.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ साउन । पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले वर्तमान गृहमन्त्री जनार्दन शर्मासँग आक्रोश पोखेका छन् ।

संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा एमाले सांसद समेत रहेका गौतमले प्रतिनिधिसभा निर्वाचनमा ‘मत दिन्न’ भन्ने व्यवस्था जबरजस्ती ल्याइएको भन्दै गृहमन्त्री शर्मालाई झपारेका हुन् । गौतमले रुखो पारामा शर्मासँग सोधे संविधानमा ‘मत दिन्न’भन्ने प्रावधान नभएको अवस्थामा ऐनमा कसरी आउन सक्छ ? यो व्यवस्थालाई एनजीओहरुले जनता भड्काउने अस्त्र बनाउन सक्छन् । यो व्यवस्था असंवैधानिक छ, यसले नेपालको राजनीतिक प्रणालीलाई अवज्ञा गर्न खोजेको छ । यो नियोजित छ ।’

जवाफमा गृहमन्त्री जनार्दन शर्माले विधेयकमा राजनीतिक दलहरुलाई निरुत्साहित गर्ने मनसाय नभएको बताए । गृहमन्त्री शर्माले विगतका ऐनहरुमा भएका व्यवस्थालाई विधेयकमा समावेश गरिएको जानकारी समेत दिए ।