
काठमाडौँ, १८ साउन । भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीको छोरालाई चुनावकै मुखमा प्रहरीले पक्राउ गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालले खुसी व्यक्त गरेका छन् ।
निरभलाई प्रहरीले काठमाडौँको पुतलीसडकबाट पक्राउ गरेको केही मिनेटमै उनले सामाजिक सञ्जालबाट निरभको पक्राउ बारे खुलासा गरेका थिए । त्यतिमात्र होइन्, उनले केही संचारमाध्यमहरुलाई समेत टेलिफोन गरी निरभ पक्राउ परेको जानकारी गराउँदै समाचार लेख्न भनेका थिए ।
भरतपुरको चुनाव महासंग्राम बनिरहेका बेला एमाले मेयरका उम्मेदवार ज्ञवालीका छोरालाई अपराध अनुसन्धान महाशाखाले बुधबार काठमाडौँबाट पक्राउ गरेको हो । प्रकाशकी दिदी समेत रहेकी मेयरकी उम्मेदवार रेणु दाहालले आफूलाई फेसबुकमार्फत गालीगलौज गरेको भन्दै निरभविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा निरभ पक्राउ परेका हुन् ।

निरभ पक्राउ परेको बारे आफ्नो फेसबुक पेजमा लेख्दै प्रचण्ड पुत्र प्रकाशले ‘जोसुकै माथि जुनसकै व्यक्ति, दल समर्थकले जेसुकै बहानामा चरित्र हत्या गरुन, तिनीहरु कानुनको दायरामा आउनैपर्छ’ भनी लेखेका छन् ।















प्रतिक्रिया