लण्डन । सहारा युकेले तीन दिने पारिवारिक भेटघाट कार्यक्रम मनाएको छ । यसअन्तर्गत गत २१ देखि २३ जुलाईसम्म बाथको चिमिङ्ग हामको क्याम्प साईडमा ३ दिने पारिवारिक क्याम्पिङ्ग सम्पन्न गरेको छ ।
सहारा युकेका अध्यक्ष मिनबहादुर गुरुङको नेतृत्वमा भएको उक्त फेम्ली क्याम्पिङ कार्यक्रममा १४ घर परिवारका ४१ जनाको सहभागितो थियो । कार्यक्रममा प्रमुख सल्लाहकार महेश गुरुङ, संस्थापक अध्यक्ष नविन गुरुङ र नेपालबाट वेलायत भ्रमणमा आउनु भएका अशोक पालिखे लगायत सहभागी हुनभएको थियो ।
सेलरोटी र मिठो नेपाली स्वादको खानाको वातावरण नेपाली मन भएको कार्यक्रममा महिला, दिदीबहिनीहरुले जंगलको अवलोकन भ्रमण गर्दा मृगा र चराचुरुङ्गीहरु प्रत्यक्ष देख्दा र बेलायतको ऐतिहासिक शहर बाकको पुरानो स्मारक र भवनहरुको भ्रमणले कार्यक्रम रोमाञ्चक र उपलब्धी मुलक भएको थियो ।
बेलुकी नाँचगान, कथा किस्सा र आपसी भलाकुसारीले कार्यक्रममा थप रौनकता छाएको थियो । सहारा युकेका सल्लाहकार एवं रेष्टुरेन्ट व्यवसायी शेर गुरुङको व्यवस्थापनमा सहारा युकेको परिवारको पारिवारिक भेटघाट आपसी सौहद्रता र सदभावको लागि उक्त रमाईलो कार्यक्रम तय गरिएको थियो ।
कार्यक्रममा संकलित रकम सहारा युकेले परोपकारी कार्यमा खर्च गर्ने जनाएको छ । सहारा पोखरा दोविल्लाको अक्षयकोष र श्री हैपुङ्ग महादेव स्थान माध्यमिक विद्यालय सिन्धुपाल्चोकको भवन निर्माणलाई सहयोग गर्ने अध्यक्ष मिन गुरुङले बताउनुभयो ।
यसरी एउटा पृथक शैलीको कार्यक्रम जसले आपसी भेटघाट गर्ने, नयाँ ठाउँको अवलोकन भ्रमण गर्ने र अर्थ संकलन गरेर परोपकारी कामलाई निरन्तरता दिने सहारा युकेको कार्यक्रमलाई सहभागी सबैले प्रशंसा गरेका छन् ।
















प्रतिक्रिया