१ कार्तिक २०८३, आइतबार

कतारमा एक दिने प्रशिक्षण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार । कतारमा स्थापित नेपाली समुदायको पहिलो र पुरानो संस्था खोटाङ सेवा समाज कतारले आफ्ना सदस्यहरु तथा कतारमा थलो बनाएकालाई समेटी एक दिने प्रशिक्षण कार्यकम गरेको छ ।

संस्थाका बर्तमान पदाधिकारीहरुले कतार लगायत गृह जिल्लामा निकै उदारणीयकामहरु गर्दै आउँदा केही ठाउँमा संस्थागत प्रक्रिया र पद्धति अलि नमिलेको महसुस गर्दै सस्था संचालनका लागि आवश्यक आधारभूत र सांगठनिक पद्धतिका बारेमा सहजकर्ताहरुले आधारभूत प्रशिक्षण दिएका थिए ।

कार्यक्रम संस्थाका सम्पूर्ण पदाधीकारीहरु र खोटाङ जिल्लाबाट कतारलाई कार्यक्षेत्र बनाई कतारमा कार्यरत खोटांगेहरुलाई समेटर गरेको उक्त कार्यकम गरेको थियो ।

कार्यक्रममा करिब ५० भन्दा बढि पदाधिकारी लगाएत सदस्यहरुको सहभागिता रहेको थियो ।