२९ आश्विन २०८३, बिहिबार

संविधान सभा सदस्यका एक उम्मेदवारको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कराकस (भेनेजुयला), १६ साउन । भेनेजुयलामा प्रतिपक्षीको विरोधकाबीच भएको निर्वाचन सुरुहुन केही घण्टामात्र बाँकी रहँदा संविधान सभाको सदस्यमा उम्मेदवार रहेका एक जनाको उनकै घरमा प्रवेश गरी हत्या गरिएको अभियोजकले बताएका छन् ।

प्रतिपक्षीले बहिस्कार गरेको निर्वाचनमा ३९–बर्षीय उम्मेदवार जोस फेलिक्स पिनिडाको क्युदाद बोलिभर शहरस्थित उहाँकै घरमा हत्या भएको हो, अभियोजकको कार्यालयले जनाएको छ ।

भेनेजुयालाको प्रतिपक्षी गठबन्धन समूह डेमोक्रेटिक यूनिटी राउन्ड टेवल (एमयूडी)ले वर्तमान् राष्ट्रपति निकोलास माडुरोले भेनेजुयलामा राजनैतिक सङ्कट चरम बन्दासमेत समाधान गर्न नसकेको आरोप लगाउदै आएको छ ।

राजनैतिक अन्यौलका कारण आर्थिक सङ्कट समेत चुलिएको भन्दै विगत चार महिना यता आन्दोलनरत प्रतिपक्षीले निर्वाचनका समय आफ्नो आन्दोलनलाई थप सशक्त बनाएको थियो । आन्दोलनका क्रममा ११० नागरिकको ज्यान गुमेको बताइएको छ । –एएफ्पी