काठमाडौं । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती सांसद डीम्पल झाले हिन्दीमै सम्बोधन गरेर संसद थर्काएकी छन् ।
आफू नेपाली सांसद भएर डीम्पलले हिन्दीमा भाषण गरेर आफूमाथि लाग्दै अंगीकृत नागरिकको आरोपलाई थप बल दिएकी हुन् । आइतबारको संसद बैठकको विशेष समयमा बोल्दै डीम्पलले हिन्दीमै बोलेर संविधान संशोधनमार्फत मधेसका माग सम्बोधन नभए संसद छाड्ने चेतावनी दिइन् ।
उनले जुन सरकार आएपनि आफ्नो समय पूरा गरेर हिडेको तर मधेसलाई ध्यानै नदिएको आरोप लगाइन् । संविधान संशोधन विधेयक संसदबाटै गायव पारिएको उनको आरोप छ ।
हेर्नुस् हिन्दीमा बोलेको भिडियोः













प्रतिक्रिया