१ कार्तिक २०८३, आइतबार

एनआरएनएका ठूला नेता फ्रेंकफटमा भेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए)को युरोप क्षेत्रीय बैठक जर्मनीको फ्रेंकफटमा सुरु हुँदैछ । बैठकमा युरोपका २८ मुलुकबाट करिब ४०० नेपाली जर्मनीको दक्षिणी सहर फ्रेंकफर्टमा भेला भएका छन् ।

युरोयिन क्षेत्रका अन्तर्राष्ट्रिय समन्वय परिषद, अफ्रिका, एशिया प्यासाफिक एवं अमेरिकाबाट समेत प्रतिनिधि आइपुगेका छन् ।

एनआरएनए युरोप क्षेत्रीय संयोजक कुल आचार्यले यो वर्षको बैठकमा व्यवसाय विस्तार तथा लगानी, आर्थिक कुटनीतिक क्षेत्रका विषयमा छलफल हुने जानकारी दिए ।

अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, महासचिव डा बद्री केसी, सचिव अर्जुन श्रेष्ठ फ्रेंकफर्ट आइपुगेका छन् ।

बैठकबारे जानकारी दिँदै एनआरएनए युरोप क्षेत्रीय संयोजक कुल आचार्यले यो वर्षको बैठकमा व्यवसाय विस्तार तथा लगानी, आर्थिक कुटनीतिक क्षेत्रका विषयमा छलफल हुने जानकारी दिए ।

जर्मनीमा होटल व्यवासय गर्दै आएका एनआरएनए उपाध्यक्ष कुमार पन्त र अर्का उपाध्यक्ष जापानका भवन भट्टलाई अध्यक्ष प्रत्यासीका रुपमा हेरिएको छ । फ्रेंकफर्टमो हुने यो बैठकमा भट्ट भने सहभागी नहुने भएका छन् ।

विशेष काम परेर बैठकमा सहभागी हुन नसकेको प्रतिक्रिया उनले दिए ।