१ कार्तिक २०८३, आइतबार

जनजाति विद्यार्थी संघ ओकिनवाको अध्यक्षमा तामाङ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो । जापानको ओकिनवामा रहेका नेपाली विद्यार्थीहरुद्वारा स्थापित जनजाति विद्यार्थी संघ ओकिनवाको अध्यक्षमा राम तामाङ सर्वसम्मत चयन भएका छन् ।

ओकिनवामा रहेका नेपाली विद्यार्थीहरुको संगठनको रुपमा रहेको विद्यार्थी संघले त्यहा रहेका नेपालीहरुको पक्षमा वकालत गर्ने, समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने र परामर्श दिने अध्यक्ष बताउ“छन् ।

त्यस्तै संघको उपाध्यक्षमा रामभक्त राई चयन भएका छन् । नेपालमा रह“दा उनी विभिन्न संचारमाध्यमसँग सम्बन्धित थिए ।

अहिले ‘द रिपोर्टर नेपाल र शैलुङ अनलाइन’ का लागि जापान संवाददाताको रुपमा रहेका राम तामाङ आफु अध्यक्ष भएपछि ओकिनवामा रहेका नेपालीहरुको हकहितका लागि निरन्तर लागिपर्ने बताउ“छन् ।