३० आश्विन २०८३, शुक्रबार

जहाँ समस्या, त्यहाँ सर्वेन्द्र खनाल

10k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– निरा दुलाल

डीआईजीको फुली लगाउने क्रममा रहेका सर्वेन्द्र खनाल बुधबार काठमाडौँको सडकमा देखिए । उनी एक्लै थिएनन्, साथमा थिए यातायात मन्त्री वीरबहादुर बलायर पनि । केही दिन अघि महानगरीय ट्राफिक प्रहरी माहाशाखाका प्रमुख भएका सर्वेन्द्रले यातायात मन्त्री बलायरलाई काठमाडौँको सडकको दुर्दशा देखाउन लगेका थिए । हुन त दुबैले पहिले पनि काठमाडौंका सडकको हालत नदेखेका पक्कै थिएनन् होला । तर, अहिले खनाल र बलायर दुवै जना त्यो सडकसँग प्रत्यक्ष जोडिएको जिम्मेवारी धारण गरेको पदमा छन् । त्यसैले यी सडकको अवस्था र त्यहाँ हुने गतिविधिलाई नजिकबाट बुझेर सुधारका पहलहरु थाल्नु उनीहरुको पहिलो प्राथमिकता हो । सायद यही सोचेर सर्वेन्द्र आफै सडकमा उत्रिएका होलान, यातायात मन्त्रीलाई साथमा लिएर ।

सिधा शब्दमा भन्नुपर्दा काठमाडौंको सडकका कारण जनजीवन नै सुस्त भएको छ । यो मुस्किल अवस्थाबाट जनतालाई पार लगाउने अभिभारा यतिबेला बिशेषगरी ट्राफिक प्रमुख सर्वेन्द्र खनालको काँधमा छ । एकदमै मुस्किल घडीमा उनले यो अभिभारा पाएका छन् । यो सर्वेन्द्रको लागि चुनौती मात्र होइन्, राम्रो अवसर पनि हो, आफूलाई फेरि एकपटक अब्बल प्रमाणित गर्ने ।

विभिन्न कारणहरुले गर्दा अहिले काठमाडौंका अधिकांश सडकको दुर्दशा छ । दुर्घटना र लामो समयको जाम त काठमाडौंवासीको दैनिकी नै बनेको छ । हो, सडकको कारण आमजनताले खेपिरहेको सकस बयान गरि साध्य छैन् । सिधा शब्दमा भन्नुपर्दा काठमाडौंको सडकका कारण जनजीवन नै सुस्त भएको छ । यो मुस्किल अवस्थाबाट जनतालाई पार लगाउने अभिभारा यतिबेला बिशेषगरी ट्राफिक प्रमुख सर्वेन्द्र खनालको काँधमा छ । एकदमै मुस्किल घडीमा उनले यो अभिभारा पाएका छन् । यो सर्वेन्द्रको लागि चुनौती मात्र होइन्, राम्रो अवसर पनि हो, आफूलाई फेरि एकपटक अब्बल प्रमाणित गर्ने । आफूले पाएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएका सर्वेन्द्रले यसपटक पनि कसैलाई निराश पार्ने छैनन् भन्ने विश्वास धेरैलाई छ ।

सडकको दुर्दशामात्र होइन्, ट्राफिक व्यवस्थापनसँग जोडिएका अन्य पाटाहरु पनि छन, सुधार गर्नुपर्ने । बढ्दो सवारी चाप व्यवस्थापन ट्राफिक प्रहरीका लागि महत्वको बिषय हो । सडकमा हुने जामको कारण सवारीको चाप मात्र हो भन्नु पनि अहिलेको अवस्थामा जायज हुँदैन् । सडक अनुशासनमा देखिएको कमजोरी पनि एक प्रमुख कारक हो । सवारी चालक र बटुवाले ट्राफिक नियमको पालना नगर्नु र ट्राफिक प्रहरीले ट्राफिक नियम पालना पुर्णत गराउन नसक्नुले पनि समस्या बढेको हो । ट्राफिक प्रमुखको कार्यभार सम्हालेलगत्तै खनालले आफू मातहतका कर्मचारीलाई कडा निर्देशन दिएर ट्राफिक अनुशासन पालनाप्रति शुन्य सहनशिलताको सिद्दान्त अवलम्वन गर्ने स्पष्ट पारिसकेका छन् । सवारी चालक, बटुवा र ट्राफिक प्रहरीबीचको सम्वन्ध पनि पछिल्लो त्यति सुमधुर देखिँदैन् । जसको प्रत्यक्ष असर ट्राफिक व्यवस्थापनमा नै परिरहेको हुन्छ ।

लेखिका : निरा दुलाल

पछिल्लो समय केही मात्रामा खस्किएको ट्राफिक प्रहरीको साख फर्काउने राम्रो अवसर हो । सर्वेन्द्रको नेतृत्वमा यो कार्य सम्भव पनि छ । विगत सम्झिने हो भने पनि उनले विभिन्न कार्यक्षेत्रमा यस्ता चुनौतीहरुलाई पाखा लगाउँदै अप्ठ्यारो भनिएका कामहरु सहजै सम्पन्न गरेका छन् । त्यही विगतलाई सम्झिएर पनि हामीले एक सहज सडकको परिकल्पना गर्नु गलत भने पक्कै हुने छैन् । भनिन्छ, जहाँ समस्या त्यहाँ समाधान, जहाँ इच्छा त्यहाँ उपाय । हो, सडकमा भएको खाल्डो समस्या हो भने त्यसलाई पुर्नु समाधान, सवारीको चाप समस्या हो भने सवारीमाथिको नियमन समाधान, ट्राफिक अनुशासनको पालना नहुनु समस्या हो भने पालना गराउनु समाधान । केवल आवश्यकता छ त दृढ इच्छाशक्तिको । र, त्यो इच्छाशक्ति सर्वेन्द्रमा भरपूर देख्न सकिन्छ ।  सवारीको चाप मात्र होइन, सवारीभित्रको चाप पनि अर्को समस्या हो । क्षमताभन्दा बढी यात्रु बोक्ने कार्यले यात्रुको सुरक्षामाथि आँच आइरहेको छ । अर्कातिर सडक दुर्घटनाको मुख्य कारण पनि यही नै हो । लामो तथा छोटो दूरीका सवारी साधनहरुले आर्थिक प्रलोभनमा क्षमताभन्दा बढी यात्रु ओसार्दा ट्राफिक प्रहरी मुकदर्शक बनेको तितो विगत हामीसँग छ । सर्वेन्द्रको पालामा यसको क्रमभंगता हुनेछ भन्ने आशा पनि छ । त्यस्तै सडकमा देखिने चालकबीचको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रणमा पनि ट्राफिक प्रहरीले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्नुपर्छ । अनिमात्र हामीले सुरक्षित सडक र यात्राको परिकल्पना गर्न सक्छौँ ।

यी सब कुराहरु भनिरहँदा हामीले नजरअन्दाज गर्न नसकिने र नमिल्ने कुराहरु पनि छन् । सीमित श्रोत, साधन र जनशक्ति परिचालन गरेर यी समस्याहरुको निराकरण गर्नु पक्कै पनि सहज कार्य होइन् । अन्य (विकसित) राष्ट्रहरुसँग तुलना गरेर हेर्ने हो भने हाम्रा ट्राफिक प्रहरीले श्रोत र साधनको निकै ठुलो अभावमा सेवा दिइरहेका छन् । यस्तो अवस्थामा विभिन्न सरकारी, गैरसरकारी तथा सरोकारवाला निकायहरुसँग सहकार्य गरेर अघि बढ्नुको बिकल्प ट्राफिक प्रमुख सर्वेन्द्रसँग छैन् । र यो आवश्यक पनि छ । सडकसँग जोडिएका हरेक संघसंस्था र निकाय मात्र नभई आम जनतालाई पनि सडक सहजीकरणको अभियानमा जोड्न सक्नुपर्छ सर्वेन्द्रले । यो सडक हामी सबैको हो र यो सहज हुँदा सबैलाई फाइदा हुन्छ भन्ने बुझाउँदै समन्वयकारी भूमिका लिएर सर्वेन्द्र मैदानमा उत्रने हो भने हामीले खोजेजस्तो सडक पाउन धेरै समय लाग्दैन् ।