१५ कार्तिक २०८३, आइतबार

राजपाका शीर्ष नेताहरूबीच गहिरो मतभिन्नता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १३ साउन । केन्द्रीय समितिको आसन्न बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अर्न्तवस्तुबारे राजपा नेपालको अध्यक्षमण्डलका सदस्यबीच मतभिन्नता देखिएको छ ।

बैठक आगामी साउन २१ गते बोलाईएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

राजपा नेपाल निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बोलाईएको हो ।

अध्यक्षमण्डलका सदस्यहरू राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन नभए पार्टी चुनावमा जान नहुने अडानमा छन् ।

महेन्द्र यादव र शरतसिंह भण्डारी सरकारबाट सहिद घोषणा, मुद्दा फिर्ता, बन्दी रिहा र अपांगता भएकाको भरणपोषणको व्यवस्था भए चुनावमा जाने पक्षमा रहेको जनाईएको छ ।