मिजौरी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतीराम भट्टको संयुक्त स्मृति दिवशको अवसरमा सेन्ट लुइस मिजौरीमा साहित्यिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीको सभापतित्वमा आयोजित सो कार्यक्रममा उपस्थित महानुभावहरुले आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतीराम भट्टको तस्बीरमा माल्यार्पण अर्पण गरेका थिए ।
सामुहिक राष्ट्रिय गानद्वारा शुभारम्भ सो कार्यक्रममा आदिकवि भानुभक्त आचार्य र युवाकववि मोतीराम भट्टको परिचय, रामायण पाठ , थुप्रै सहभागीहरूले आआफ्नो रचनाहरू वाचन गरेका थिए ।
सो कार्यक्रममा मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माको शुभ कामना सन्देश र उनीहरूको होमलेस माइकलहरु नामक रचना वाचन गरेका थिए ।
सोही संस्थाका सल्लाहकार एबम् कवि बलराम पन्थीले अमेरिका नेपाल लिटरेचर एकेडेमीका अध्यक्ष तथा अनेसासका आजीवन सदस्य गोविन्द गिरी प्रेरणाले पठाएको शुभकामना सन्देश वाचन गरेका थिए ।
त्यसैगरी कार्यक्रममा भासका सचिव प्रजा धितालले बिश्व भुटानी साहित्य संगठन टेक्सास च्यापटरका अध्यक्षले पठाएको कार्यक्रमको सफलताको शुभकामना सन्देश साथै आफ्नो रचना पढेका थिए ।
कार्यक्रमको संचालन मिजौरी च्यापटरकी सचिव आस्था आचार्यले गरेका थिए ।















प्रतिक्रिया