१५ कार्तिक २०८३, आइतबार

मधेसबाट एमालेले यसरी तान्दैछ मत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । ‘तपाईहरू काठमाडौंमा गुच्चा खेलेर बस्ने होइन, दुई नम्बर प्रदेशतिर केन्द्रित हुनुहोस्’ भनेर पार्टी अध्यक्ष केपी ओली कैलाश पर्वततिर लागेपछि एमाले नेतृत्व मधेसको मन र मत कसरी जित्ने ? कहाँ, कस्तो अवस्था छ ? भन्दै लेखाजोखामा लागेको छ ।

ओलीले २ नं. प्रदेशबाट कम्तीमा ५० सिट जित्नैपर्ने निर्देशन दिएसँगै सोहीअनुसारको रणनीति निर्माणमा एमाले पंक्ति लागेको स्रोतको भनाइ छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

अहिले एमाले नेताहरू तराई झरेर नाफा नोक्सानको हिसाव निकाल्न थालेका छन् । ०४६ सालको भदौ १४ गतेदेखि २० सम्म पञ्चायतकालमै मालेको चौथो भूमिगत सम्मेलन भएको सिरहाको धनगढी–महेन्द्रनगर–नगरपालिकामा अलिकति विवाद देखिएको छ ।

त्यहाँ जम्मा १७ वटा इलाका छन् । जसमध्ये १६ वटा उम्मेदवारीबारे सहमति भइसक्यो तर, एक ठाउँमा समस्या सल्टिसकेको छैन । धनुषाको चाहिँ १७ वटा ठाउँमा उम्मेदवार टुँगो लगाउन बाँकी नै छ ।

महोत्तरी राजपुत र भूमिहारहरूको जिल्ला हो । त्यहाँ पनि केही विवाद र समस्या देखिएको छ । सर्लाहीमा पुनर्विचारको दवाव छ । जहाँ केही ठाउँमा मात्र उम्मेदवार निश्चित भएको छ ।