१५ कार्तिक २०८३, आइतबार

झन् बढ्यो सीमा विवाद, चीनले भारतलाई कडा कारबाही गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेईजिङ, १० साउन । भारतसंग केही समय अघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ ।

चीनले भनेको छ, ‘जस्तोसुकनै अवस्थामा पनि सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रा सेना उक्त क्षेत्रमा थप खटाउनेछौँ ।’ नागरिक दैनिकले समाचार छापेको छ ।

चीन, भुटान र भारतको सीमाक्षेत्रमा पर्ने उक्त क्षेत्रमा गएको महिना दिनभन्दा लामो समयदेखि सो विवाद रहिआएको छ ।

सो विवादका कारण उक्त क्षेत्रमा चीनले निर्माण गर्न लागेको सडक पनि स्थगित भएको छ ।

चीनले आफ्नो तर्फबाट उक्त स्थानमा सडक निर्माण गर्न लागेको छ । भारतले सो सडक निर्माण कार्य रोक्नु भनेको छ ।