१ कार्तिक २०८३, आइतबार

एभरेष्ट आईडलको पहिलो अडिसन सम्पन्न

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलायत । गत २३ जुलाई २०१७ को दिन बेलायतको केन्ट आशफोर्डमा “एभरेष्ट ईन्टरटैनमेन्ट एण्ड मेडिया हब लिमिटेड यूके” (ई–मेडिया हब) द्धारा आयोजित पहिलो “एभरेष्ट आईडल यू के” को पहिलो अडिसन राउण्ड सम्पन्न भएको छ ।

गएको केहि महिना अगाडि मात्रै ई–मेडिया हबले आयोजना गरेको भब्य सफल साङ्गेतिक कार्यक्रम “एभरेष्ट म्युजिकल ब्लाष्ट” पछिको यस एभरेष्ट आईडल २०१७ लाई बेलायतको आशफोर्ड केन्टबाट अडिसन राउण्ड सुरु गरिएको हो ।

यस कार्यक्रमका लागि हेड अफ प्रोजेक्ट किसन राई रहेका छन । राई यस कम्पनीको चिफ ईन्टरट्रेटमेन्ट डाईरेक्टर पनि हुन ।

अत्याधिक सहभागीहरूको सहभागिता रहेको यस पहिलो अडिसन राउण्डमा उत्साहित सहभागिहरुले उत्कृस्ट प्रस्तुति दिदै निर्णायक मण्डलको मन जितेर २७ जना दोस्रो राउण्डको लागि प्रबेस पत्र पाउन सफल भए ।

“एभरेष्ट मेडिया हब लिमिटेड यूके”को यस ऐतिहासिक कार्यक्रमको निर्णायकमण्डलमा क्रमशः शर्मिला बर्देवा, सीतु खरेल, बिसी राई र सेलिब्रेटी गेष्टमा रेवत राई रहेका छन् ।

निर्धारित समयमै कार्यक्रम सुरु भएता पनि सोचे भन्दा धेरै सहभागीहरुको चापले गर्दा दुई घण्टा समय थप्नु परेको थियो ।

यस अडिसन पश्चात बेलायतको अन्य ठाँउहरुमा अडिसन लिएपछि सेमिफाईनल सेप्टेम्बर ९ तारिखको दिन आशफोर्डमा गरिने र “एभरेष्ट आईडल यू के” को फाईनल आउदो अक्टुबर २८ तारिखको दिन अल्डरसटको ईम्पायर हलमा गरिने आयोजक टिमले जानकारी दिएका छन ।