
सिलगुढी, ९ साउन । पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टिभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।
सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्याल्यमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ ।
ईटरनेट सेवामा एक महिनाअघिदेखि नै प्रतिबन्ध छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
भारतमै पहिलो नेपाली टिभी च्यानलमाथि प्रतिबन्धपछि दार्जिलिका नेपाली भाषी थप आन्दोलित बनेका छन् ।












प्रतिक्रिया