ओमान, मस्कट । ओमानभरी छरिएका प्रवासी नेपाली हरुलाई पहिलोपटक एकीकृत गर्दै प्रवासमा आईपर्ने समस्या हरुको समाधान गर्न लागिपरेको ओमान स्थित प्रवासी नेपाली हरुको साझा संगठन नेपाली समाज ओमनको सातौं महाधिवेशन यहीँ आउँदो जुलाई २८ तारिख शुक्रबारको दिन हुन लागेको छ ।
१४ बर्ष लामो ईतिहास बोकेको उक्त संगठनले बिगतमा ओमान स्थित प्रवासी नेपाली हरुको बिचमा र मातृभूमी नेपालमा समेत विभिन्न प्रकारले सामाजिक कार्यहरुमा उल्लेखनीय योगदान पूर्याएको छ।
हाल नेपाली समाज ओमानको नेतृत्व ईच्छा राईले गर्नुभएको र आफ्नो कार्यकाल नदोहोराउने कुरा बाहिर आएको छ भने, ओमानमा प्रवासि नेपाली हरुबिच चिर परिचित र सामाजिक कार्यमा सधै अग्रणी भूमिका निर्बाह गर्ने ब्यक्तित्व युगेश बानु राई यो अधिबेशन बाट नयाँ नेतृत्व मा आउने अनुमान ओमान स्थित प्रवासी नेपाली हरुको छ।
निर्वाचन समितिका संयोजक तोलाकान्त भट्टराईले दिनुभएको जानकारी अनुसार उम्मेदवारीमा दर्ता प्रक्रिया पूरा भैसकेको छ । नेपाली समाज ओमानले पनि एक अपिल जारी गरि सातौ अधिबेशनमा ओमानस्थित नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।















प्रतिक्रिया