
इलाम, ८ साउन । बजार ठप्प छ । तैपनि बिहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्य पसलेलाई नुन तेलदेखि दाल चामलसम्म बेच्न भ्याइ नभ्याइ छ ।
पिठ्युँमा, घोडामा र निजी सवारी साधनमा चामल, चिउरा, चाउचाउ र तेलका पोका देखिन्छन् । मूल सडकभन्दा वरपरका कच्ची सडकमा यो भीड अझ बढी देखिन्छ । नागरिक दैनिकले समाचार छापेको छ ।
भारतको पश्चिम बंगालमा चलिरहेको आन्दोलनको सोझो असर पशुपतिनगर बजार परेको छ ।
अन्य सबैजसो पसल बन्द छन् । तर, खाद्यान्न पसलमा भने जति बेलै भरिभराउ ग्राहक हुन्छन् ।
बिहान बेलुका चाहिने खाद्यान्न लिन भारतीय नागरिक दिनहुँ पशुपतिगर आइरहेका छन् ।
आमहडतालका कारण गाडी नचल्ने भएकाले भाारतीय ग्राहक घण्टौ धाएर पशुपतिनगरबाट खाद्यान्न ओसारीरहेका छन् ।












प्रतिक्रिया