काठमाडौं, ८ साउन । राजधानीका सडकका खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च अधिकारीहरु छलफलमै ब्यस्त भईरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको समयसीमाभित्र सडकका समसया समाधान हुन कठिन हुने भएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले सरोकारवाला निकायका सचिवलाई गत आईतबार सडकका खाल्डा पुरेर ब्यवस्थित बनाउन निर्देशन दिएका थिए । नागरिक दैनिकले समाचार छापेको छ ।
तर, प्रधामन्त्रीले निर्देशन दिएको एक सातासम्म पनि जिम्मेवार अधिकारीहरु छलफलमै ब्यस्त रहेकोले तोकिएको समयमा काम पूरा हुन नसक्ने देखिएको छ ।












प्रतिक्रिया