१ कार्तिक २०८३, आइतबार

प्रवासी नेपाली मञ्च कतारद्वारा पुष्पलालको स्मरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कतार । प्रवासी नेपाली मञ्च कतारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मरण गरेको छ ।

मञ्चले विज्ञप्ति जारी गरेर पुष्पलालले देखाएको मार्गमा सधै लाग्ने जनाएको हो ।

पुष्पलालको निधन ३९ वर्ष पहिले २०३५ साल साउन ७ गते भारतमा भएको थियो । पुष्पलालको जन्म बि.सं १९८१ असार १५ गते रामेछापमा भएको थियो ।

वि.स. २००५ सालमा विश्वप्रसिद्ध कम्युनिष्ट घोषणा पत्रको पहिलो पटक नेपाली भाषामा पुष्पलालले अनुवाद गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको ईतिहासको बिभिन्न कालखण्डमा अन्वरत रुपमा पार्टीलाई निरन्तर अघि बढाई आज यो शिखरसम्म पुगाउन पुष्पलालको त्याग, तपस्या, बलिदानी र गौरबमय योगदानको मञ्चले स्मरण गरेको छ ।