१५ कार्तिक २०८३, आइतबार

यो हो जनार्दन शर्माको ‘चर्तिकला’, प्रहरीमा १३ एआइजी बनाउने निर्णय

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ७ साउन । नेपाल प्रहरीमा एआइजीको बढुवा गर्दा आफ्ना छुट्ने भएपछि ३ पदबाट बढाएर ११ पुगाएको सरकारले पुनः पद थप्ने तयारी गरेको
छ ।

११ पद पुगाएर बढुवा सिफरिसूची सार्वजनिक गरे पनि आफ्ना छुटेकाले दबाब आएपछि सत्ताधारी २ प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजीको दरबन्दी १३ पुगाउन सहमत भएका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

मन्त्रिपरिषद स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रहरीमा एआएजीका दुई दरबन्दी थप्न सहमति भइसकेको छ ।