– अमरराज पुन
रुकुम, ५ साउन । रुकुमको सिस्ने गाउँपालिकाको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ । सिस्ने गाँउपालिका वडा नं ८ को स्यालापाखा स्वास्थ्य चौकीमा सोही गाउँपालिका वडा नंं. ८ की शुसिला रावलले विहिबार टाउको नभएकी छोरीकोे जन्म दिएकी हुन् ।
तर बच्चा जन्मे लगतै बच्चाको मृत्यु भईसकेको शुसिलाका श्रीमान चन्द्र रावलले बताएका छन् । २२ बर्षिया रावलको गतबर्ष पनि यस्तै बच्चाको जन्म भएको थियो । क्याल्सीयमको कमीका कारण यस्तो बच्चा जन्मिएको स्वास्थ्य चौकी स्यालापाखाका इन्चार्ज हरि केसीले बताउनुभयो ।
केसीका अनुसार क्याल्सीयमको कमीकै कारण बच्चाको टाउकोको हड्डी नबनेको बताउनुभयो । टाउको नभएको बच्चा जन्म दिने शुसिला रावलको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको इन्चार्ज केसीले जानकारी दिनुभयो । रावल दम्पत्तिका एक छोरा छन् ।
















प्रतिक्रिया