काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का भारत प्रस्थान गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार राति थाइल्याण्डबाट फर्केलगत्तै त्यसको भोलिपल्ट सोमबार साँझ नेता खड्का भारतको बेंगलोर प्रस्थान गरेका हुन् ।
स्रोतका अनुसार खुमबहादुर उपचारका लागि बेंगलोर गएका हुन् । मृगौला रोगबाट पीडित उनी लामो समयदेखि भारतमा उपचाररत छन् । बेला बेला चेकअपका खुमबहादुर त्यहाँ जाने गर्दछन् । उपचारपछि उनले दिल्लीमा राजनीतिक भेटघाट समेत गर्ने बताइएको छ ।











प्रतिक्रिया