१० मंसिर २०८३, बिहिबार

एमालेको सचिवालय बैठक जारी, यस्ता छन् एजेन्डा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो दल बन्न सफल एमालेको केन्द्रीय सचिवालयको बैठक बसेको छ ।

धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा आन्तरिक संगठन, स्थानीय तहको तेस्रो चरणको निर्वाचन तयारी लगायतका विषयमा छलफल हुनेछ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले केही नेताहरूको जिम्मेवारीदेखि सांगठनिकलगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बसेको जानकारी दिनुभयो ।

सोही बैठकले तेस्रो चरणको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि रणनीति तयार पार्नेछ ।