२९ आश्विन २०८३, बिहिबार

राष्ट्रपतिका भाई भ्रष्टाचार आरोपमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान (इरान), २ साउन । इरानी राष्ट्रपति हसन रौहानीका भाई हुसैन फेरियदौनलाई आर्थिक अपराधमा सम्लग्न रहेको आरोपमा पक्राउ गरी अनुसन्धान अधि बढाइएको इरानको न्यायलयले आइतबार जनाएको छ ।

फरियदौनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको र यससम्बन्धि मुद्दामा अन्य केही जनालाई पनि अनुसन्दानको दायरामा ल्याइएको न्यायलयका उपप्रमुख गुलामहुसैन मोहसेनी एजाइले यहाँको एक टेलिभिजनसँगको कुराकानीमा बताउनुभयो ।

राष्ट्रपतिका भाई फेरियदौनलाई शनिबार धरौटी जम्मा गरी तारिखमा बस्ने सुविधा प्रधान गरिएको भएपनि धरौटी जम्मा गर्न असमर्थ भएका कारण उहाँलाई सुरक्षा नियन्त्रणमा लिइएको एजाइले बताउनुभयोे । – सिन्ह्वा