
काठमाडौं, १ साउन । तपाई कुनै ठूलो आर्थिक कारोवार गर्दै हुनुहुन्छ भने आजदेखि नगदमा गर्न पाईदैन ।
१० लाख रुपैयाँभन्दा बढाीको आर्थिक कारोवार गर्दै हुनुहुन्छ भने नगदमा नगर्नुस् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
नगदमा कारोवार गरेको भेटिए तपाईलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण एैन २०६४ अनुसार कारवाही हुन सक्छ ।
‘१० लाख रुपैयाँभन्दा बढीको कारोवार गर्नुछ भने बैकिंङ प्रणलाीबाटै गर्नुपर्ने ब्यवस्था गरेका छौं’, सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने, ‘अर्थ मन्त्रालय र राष्ट बैंकले छलफल गरी यसबारे राजपत्रमा सूचना प्रकाशित कानून सरह बनाईसकाले कारवाही हुनेछ ।’












प्रतिक्रिया